Chapter 1

Setting the Right Goal

अध्याय एक

(Setting the Right Goal)

ठीक लक्ष्य बनाउनु

कतथभि.ूायलत(ाबmष्थिस् उचभभतष्सूश्रपरमेश्वरको दृष्टिमा सफल हुनलाई परमेश्वरको सेवकले उसको सामु राखिदिनुभएको लक्ष्यलाई बुझ्न नसक्नुले उसको असफलताको प्रत्याभुति दिएको छ ।! उसले जितेको छ भनेर सोँच्नु नै उसको हार हो । उसको सम्बन्धमा यो भनाई निश्चित रूपमा सत्य छ ः “पहिलो पछिल्लो हुनेछ ।”

कुनै सेवकहरूको केही बिशेष लक्ष्य हुन्छ जसलाई तिनीहरूले आफ्नो “दर्शन” को रूपमा मानिलिन्छन । यसैलाई तिनीहरूले आफ्नो विशेष बोलावट र वरदान बनाई पूरा गर्न अद्धितिय तवरले परिश्रम गर्दछन । हरेकको वरदान र बोलावट अद्धितिय हुन्छ, त्यो चाँहि एउटा क्षेत्रमा प्रचार गरुन वा कुनै सत्यतालाई सिकाउन । तर मैले उल्लेख गरेको परमेश्वरले दिनुभएको लक्ष्य चाँंिह साधरण छ र यो प्रत्येक सेवकलाई लागु हुन्छ । यो नै ठूलो दर्शन हो । हरेक अद्धितिय दर्शनको पछाडि यो साधरण दर्शन लुकेर बसेको हुन्छ । तर धेरैजसो यस्तो हँुदैन । धेरैजसो सेवकहरूको विशेष दर्शनहरू हुँदैन जसले परमेश्वरको साधारण दर्शनको बिरुद्धमा काम गर्दछन । मैले पनि एकचोटि यसो गरें, यद्यपि म एउटा बृद्धि भईरहेको मण्डलीमा पाष्टरको सेवकाई गरिरहेको थिएँ ।

परमेश्वरले हरेक सेवकलाई दिनुभएको साधरण लक्ष्य वा दर्शन चाँहि के हो त हामी यसको जवाब मत्ती २८ः१८—२० मा खोज्दै सुरु गरौं, यो खण्ड हामीले हेरिरहेकै खण्ड भए तापनि धेरैचोटि हामी यसले भन्न खोजेको कुरालाई गुमाई पठाउँदछौं । हामी यसलाई पद—पद गरेर विचार गरौं ः

तब प्रभु येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ” (मत्ती २८ ः १८) ।

पिताले उहाँलाई सर्वोच्चको अख्तियार प्रदान गर्नुभएको छ भन्ने कुरा आफ्ना चेलाहरूले बुझेको प्रभु येशूले चाहनु हुन्थ्यो । वास्तवमा पिताले कसैलाई कुनै पनि बखत अख्तियार दिनुहुन्छ, त्यस्तै गरी उहाँले प्रभु येशूलाई दिनुभएको अख्तियारको पालना गरेको उहाँ चाहनुहुन्थ्यो (र चाहनु हुन्छ पनि) । तर स्वर्ग र पृथ्वीमा उहाँलाई दिइएको समस्त अधिकारमा होइन, त्यसैले उहाँले एउटै समयमा यही अधिकार अरुहरूलाई पनि दिनुहुन्छ । येशू नै प्रभु हुनुहुन्छ ।

यो यस्तो हुन्छ, जुन व्यक्तिले येशूलाई प्रभु भनेर मानी लिँदैन त्यो व्यक्तिको उहाँसँग ठीक सम्बन्ध हुँदैन । प्रभु येशू नै सबै कुराको प्रभु हुनुहुन्छ । यसैकारण नयाँ करारमा उहाँलाई प्रभु भनेर ६०० चोटि उल्लेख गरिएको छ । उहाँलाई मुक्तिदाता भनेर मात्र १५ चोटि उल्लेख गरिएको छ । यसैले पावलले लेखेकाछन, कि ”यसैको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो । उहाँ मरेका र जीवित दुवैका प्रभु हुनुहन्छ” (रोमी १४ः ९) । मानिसहरूका प्रभु भएर राज्य गर्न प्रभु येशू मर्नुभयो र फेरि जीवित हुनुभयो ।

True Saving Faith

साँचो विश्वास जसले बचाउँछ

जब आधुनिक प्रचारकहरू र पाष्टरहरूले उद्धार नपाएकाहरूलाई ”प्रभु येशूलाई मुक्तिदाताको रूपमा ग्रहण” गर्न (यो वाक्य र विचार धर्मशास्त्रमा कँही कतै पाइन्दैन) निमन्त्रणा दिन्छन , प्रायः गरेर यसले तिनीहरूको सुसमाचारको बुझाइमा रुढीवादी दोष प्रकट गराइदिन्छन । उदाहरणको लागि, जब फिलिप्पीको जेलका हाकिमले उसले उद्धार पाउन के गर्नुपर्छ भनी पावललाई सोध्यो, तब पावलले ”येशूलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नुहोस” भन्ने प्रतित्रृmया दिएनन । बरु प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस, र तपाईंले उद्धार पाउनुहुनेछ” (प्रेरित १६ः३१) भनी उनले भने । जब मानिसहरूले प्रभु येशू ख्रीष्टमा विश्वास गर्दछन तिनीहरूले उद्धार पाउँदछन । यो कुरा मनमा राख्नुहोस, कि मुक्तिबारे र प्रभु येशूको बारेमा भएका सिद्धान्तलाई विश्वास गरेर तिनीहरूले उद्धार पाएका होइनन बरु प्रभु येशू ख्रीष्टको व्यक्तित्वमा विश्वास गरेर तिनीहरूले उद्धार पाएका हुन । त्यही नै बचाउने विश्वास हो । धेरैले यस्तो विचार गर्दछन, कि तिनीहरूले तिनीहरूका पापहरूको लागि प्रभु येशूको मृत्यु नै पर्याप्त बलिदान थियो भन्ने कुरामा विश्वास गरेको कारण वा विश्वासद्वारा मुक्ति पाइन्छ भन्ने कुरामा विश्वास गरेको कारण वा येशू वा मुक्तिको बारेमा भएका अरु नै सयांै कुराहरूको कारण तिनीहरूले विश्वास गरेका हुन । तर तिनीहरूले त्यसो गरेका होइनन । शैतानले प्रभु येशू र मुक्तिको बारेमा यी सबै कुराहरूलाई विश्वास गर्दछ । बचाउने बिश्वासले प्रभु येशूमा विश्वास गराउँदछ । अनि उहाँ चाँहि को हुनुहुन्छ ? उहाँनै प्रभु हुनु हुन्छ ।

प्रत्यक्षरूपमा, यदि मैले येशू नै प्रभु हुनुहुन्छ भनेर विश्वास गर्नु हो भने, उहाँ प्रभु हुनुहुन्छ । जस्तै गरेर म मेरो हृदयदेखि नै समर्पित हुँदिन भने, म उहाँमा विश्वासै गर्दिन । यदि कसैले, “मेरो जुत्तामा बिषालु सर्प छ भनेर म विश्वास गर्छु” भनी भन्दछ र त्यसपछि उसले बिस्तारै त्यो जुत्ता लगाउँछ भने, यो कुरा प्रत्यक्ष्य छ, कि उसले भनेको कुरामा उ आफैले साँच्चै नै विश्वास गरेको छैन । ती मानिसहरू जसले म प्रभु येशूमा विश्वास गर्छु भन्छन तर अझै पनि तिनीहरूले आफ्नो पापको पश्चाताप गरेका छैनन । ती मानिसहरू जसले म येशूमा विश्वास गर्छु भन्छन तर अझै पनि तिनीहरूले आफ्नो पापको पश्चाताप गरेका छैनन र हृदयबाट नै उहाँमा समर्पित भएका छैनन भने तिनीहरूले साँचो रूपमा प्रभु येशूमा विश्वास गरेका हुँदैनन । तिनीहरूले काल्पनिक येशूमा विश्वास गरेका होलान तर साँचो प्रभु येशूमा होइन, जो स्र्वग र पृथ्वीमा सारा अधिकार पाएको व्यक्ति हुनुहुन्छ ।

समग्रमा भन्नुपर्दा, ईसाई सम्प्रदायको अति रुढीवादी सन्देश गलत छ भनेर जब एउटा सेवकले बुझेको हुन्छ भने, सुरुदेखि नै उ समस्यामा छ । जब उसले अति रुढीवादी सन्देश जुन संसारले सुनोस भन्ने परमेश्वर चाहनुहुन्छ त्यसलाई गलत प्रकारले प्रश्तुत गर्छ तब कुनै पनि प्रकारले उसले परमेश्वरको मुल्याङ्कनद्वारा सफलता पाउन सक्दैन । उ बृद्धि भइरहेको मण्डलीको पाष्टर होला, तर उसले परमेश्वरबाट दिइएको आफ्नो सेवकाइकोे साधारण दर्शनलाई पूरा गर्ने काममा दु ः ख लाग्दो गरी असफल हुनुपर्ने हुन्छ ।

The Big Vision

ठूलो दर्शन

हामी मत्ती २८ ः १८—१९ तिर फर्कौं । आफ्नो सर्वोच्चको प्रभुत्वको बारेमा घोषणा गरिसकेपछि, प्रभु येशूले महान आज्ञा दिनुभयो ः

“यसकारण जाओ, सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाँऊमा तिनीहरूलाई बप्तिष्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८ ः १९—२० क) ।

”यसकारण“ भन्ने प्रभु येशूले चलाउनुभएको शब्दलाई विचार गर्नुहोस । उहाँले भन्नुभयो, “यसकारण” जाओ र चेला बनाओ ।” यसको मतलब “मैले जे भने, त्यसको कारण, किनभने सारा अख्तियार मसँग छ । किनभने मनै प्रभु हुँ । वास्तवमा मानिसहरूले मेरो आज्ञा पालन गर्नु पर्दछ र त्यसैले मैले तिमीहरूलाई आज्ञा गरिरहेकोछु (र तिमीहरूले मेरो आज्ञा पालन गर्नै पर्दछ) जाओ र चेला बनाओ, ती चेलाहरूलाई मेरा सबै आज्ञाहरू पालन गर्नलाई सिकाओ ।”

हामी सबैको सेवकाइहरूको लागि परमेश्वरको महान दर्शन साधारण लक्ष्य हो र त्यही दर्शनलाई यहाँ राखिएको छ ः हाम्रो उत्तरदायित्व चाँहि सबैलाई ख्रीष्टको आज्ञा पालन गर्ने चेलाहरू बनाउनु हो । त्यसैकारण पावलले भन्दछन, कि “बिश्वासद्वारा आउने आज्ञापालन सबै अन्यजातिहरूका बीचमा ल्याउनलाई ”परमेश्वरबाट उनलाई अनुग्रह र प्रेरितको काम दिइएको छ (रोमी १ ः ५) । लक्ष्य चाँहि आज्ञापालन थियो; आज्ञापालनको कारण विश्वास थियो । जुन मानिसहरूसँग प्रभु येशू ख्रीष्टमा बिशुद्ध विश्वास हुन्छ, तिनीहरूले उहाँको आज्ञापालन गर्दछन।

त्यसैले पत्रुसले पेन्तिकोषको दिन प्रचार गरे, ”त्यसैकारण इस्राएलका सारा परिवारले यो पक्का गरी जानोस , कि येशू जसलाई तपाईहरूले त्रूmसमा टाँग्नुभयो — परमेश्वरले उहाँलाई (येशूलाई) प्रभु र ख्रीष्ट दुवै बनाउनुभयो” (प्रेरित २ ः ३६) । प्रभु येशूलाई त्रूmसमा टाँग्नेहरूले येशूलाई प्रभु र ख्रीष्ट बनाउनुभएको थियो भन्ने कुरा थाहा पाउन भन्ने परमेश्वर चाहन्थे भन्ने कुरालाई पत्रुस स्पष्ट पार्नुहुन्छ । तिनीहरूले त्यो व्यक्तिलाई मारेका थिए जसलाई तिनीहरूले आज्ञापालन गरुन भन्ने परमेश्वर चाहनुहुन्थ्यो ! ठूलो परिवर्तनका साथ तिनीहरूले सोधे, “हामी अनाज्ञाकारिताबाट आज्ञाकारितातर्फ फर्कनु हो । येशूलाई प्रभु बनाउनु हो । त्यसपछि ख्रीष्टले आज्ञा गर्नुभएझैं पत्रुसले चेलाहरू बनाइरहेका थिए र उनले ठीक सन्देशको साथ ठीक तरिकाले सुरु गरिरहेका थिए ।

यसरी नै हरेक सेवकले आफ्ना सफलताको मुल्याङ्कन गर्नु पर्दछ । हामीहरू सबैले आफैसँग सोध्नुपर्छ, “के मेरो सेवकाइले ख्रीष्टको सबै आज्ञापालन गर्ने बनाउन मानिसहरूलाई अगुवाई गरिरहेको छ” । यदि गरिरहेको छ भने हामी सफल भइरहेका छौं । यदि गरिरहेका छैनौ भने हामी असफल भइरहेका छौं ।

जुन प्रचारकले मानिसहरूलाई तिनीहरूका पापहरूको पश्चाताप गर नभनिकन “प्रभु येशूलाई ग्रहण गर्नुहोस” भनेर मात्र भन्दछ भने उ असफल भइरहेको छ । जुन पाष्टरहरूले हरेकलाई खुशी पारेर धेरै सामाजिक कृयाकलापहरूको आयोजना गरी ठूलो सभाको निर्माण गर्न कोशिष गरिरहेको छ त्यो असफल हुँदैछ । जुन शिक्षकले क्यारेस्म्याटिक “सिद्धान्तको हावा” मात्रै सिकाउँछ उ असफल हुँदैछ । जुन प्रेरितले प्रभु येशूमा विश्वास गर्ने तर उहाँको आज्ञापालन नगर्ने मानिसहरू भएको मण्डली स्थापना गर्दछ, त्यो असफल भइरहेकोछ । जुन अगमवक्ताले मानिसहरूलाई तिनीहरूको बाटोमा चाँडै आउँदैछ भनेर मात्रै अगमवाणी गर्छ, त्यो असफल भइरहेकोछ ।

My Failure

मेरो असफलता

केही बर्ष अगाडि जब म एउटा बृद्धि भइरहेको मण्डलीमा पाष्टरको काम गरिरहेको थिएँ, पवित्र आत्माले मलाई एउटा प्रश्न सोध्नुभयो, जसले मेरो आँखा यसरी खोलिदियो, कि परमेश्वरले मलाई दिनुभएको दर्शन पूरा गर्ने काममा कतिको असफल भएको रहेछु । मत्ती २५ ः ३१—४६ मा वर्णन गरिएको भेँडा र बाख्राको भविष्यको न्यायको बारेमा मैले पढदै गर्दा पवित्र आत्माले मलाई निम्न प्रश्न सोध्नुभयो ः तेरो मण्डलीमा भएका हरेक व्यक्ति आजनै मरेर भेँडा र बाख्राको त्यो न्यायमा खडा भयो भने, कतिजना मानिस भँेडा र कतिजना चाँहि बाख्रा होलान ”अथवा, अझ बिशेष रूपमा, “गत बर्ष, तेरो मण्डलीमा भएका कति मानिसहरूले ख्रीष्टमा भएका भोका, नाङ्गा, बास नपाएका ख्रीष्टयन दाजुभाइ तथा दिदी बहिनीहरूलाई खान पिउन र लाउन अनि घरमा ल्याएर बास दिएका छन वा ख्रीष्टको निम्ति यात्रा गर्नेलाई घरमा बास दिएक छन ? नाङ्गो ईसाईहरूलाई लाउन कपडा दिएको छ वा बिरामी तथा जेलमा परेको विश्वासीहरूलाई भेटन गएका छन ?” धेरै कमले मात्र यी कामहरूमध्ये केही वा यस्तै प्रकारको मिल्दोजुल्दो काम गरेकाछन भन्ने कुरा मैले महसुस गरें, यद्यपि तिनीहरू मण्डली आउँछन, आराधनाका भजनहरू गाउँछन, मैले प्रचार गरेका प्रवचनहरू सुन्छन र भेटि चढाउँछन ।

त्यसैले, ख्रीष्टको मापदण्डअनुसार तिनीहरू बाख्राहरू थिए र यसको लागि म आफै पनि दोषी छु । किनभने परमेश्वरको निम्ति ख्रीष्टमा भएका दाजुभाइ तथा दिदी बहिनीहरूको खाँचो पूरा गर्नु कतिको महत्वपूर्ण छ भन्ने यो कुरा मैले सिकाइरहेको थिइन । ख्रीष्टले आज्ञा गर्नुभएका ती सबै कुराहरू मैले तिनीहरूलाई पालन गर्न सिकाइरहेको थिइन । वास्तवमा परमेश्वरको निम्ति कुन कुरा महत्वपूर्ण छ भन्ने कुरालाई मैले वेवास्ता गरिरहेको थिएँ — दोस्रो ठूलो आज्ञा, आफ्नो छिमेकीलाई हामीले आफैलाई जस्तै प्रेम गर्नुपर्छ भन्ने आज्ञा — उहाँले हामीलाई प्रेम गर्नु भएझैँ हामीले पनि एक—अर्कालाई प्रेम गर्नुपर्छ भनेर प्रभु येशूले हामीलाई नयाँ आज्ञा दिएको कुरालाई उल्लेख गर्न होइन ।

त्यसदेखि परै भएर मैले मेरो मण्डलीलाई अति लोकप्रिय “समृद्धि सुसमाचार” को बिनित विवरण सिकाउँदा वास्तवमा चेला बनाउने सिलसिलामा परमेश्वरको साधारण लक्ष्यको बिरुद्धमा काम गरेको कुरा पो सिकाइरहेकोरहेछु भन्ने महसुस गरें । पृथ्वीमा आफ्नो निम्ति उहाँका मानिसहरूले नथुपारुन (हेर्नुहोस मत्ती ६ ः १९—२४) भन्ने प्रभु येशूको इच्छा भए तापनि र तिनीहरूसँग भएको खाने र लगाउने कुराहरू मात्रै भए तापनि तिनीहरूमै तिनीहरू सन्तुष्ट हुनुपर्छ (हेर्नुहोस , हिब्रु १३ ः ५ ; १ तिमोथी ६ ः ७—८) भन्ने उहाँको इच्छा भए तापनि, मैले मेरो धनी अमेरीकन समुदायलाई (मण्डलीलाई) परमेश्वरले तिनीहरूलाई अझ बढी सम्पत्ति दिन चाहनुभएको छ भनेर शिक्षा दिइरहेको थिएँ । मैले मानिसहरूलाई एकै श्रद्धामा प्रभु येशूको आज्ञा पालन नगर्न सिकाइरहेको थिएँ (संसारभरि भएका अरु लाखौं पाष्टरहरू जस्तै) ।

मैले एकपल्ट के गरिरहेको छु भनेर महसुस गरें र पश्चाताप गरी मेरो मण्डलीका समुदायसँग क्षमा माँगे । ख्रीष्टका सबै आज्ञाहरू पालन गर्न सिकाउँदै तिनीहरूलाई मैले चेला बनाउने कोशिष गर्न थालें । मैले यो काम डर र कम्पसाथ, मेरो मण्डलीको समुदायमा ख्रीष्टको आज्ञा मान्न नचाहने र तिनीहरूको तर्फबाट यसको निम्ति बलिदान हुन नचाहने कोही व्यक्ति छन, कि भनेर शंका गर्दै सुरु गरें । अनि मैले ठीकै गर्दै थिएँ । सबै सङ्केतबाट, थोरैले पनि संसारभरिका विश्वासीहरूलाई हुने सतावटको बारेमा वास्तै नगरेको पाइयो । कहिले पनि सुसमाचार नसुनेकाहरूलाई सुसमाचार सुनाउने कुरामा तिनीहरूले वास्ता गरेनन । बरु, प्राथमिक तवरले तिनीहरूले आफ्नोलागि अझ बढी प्राप्त गर्ने कुरामा वास्ता गर्न थाले । जब पवित्रताको कुरा आउँथ्यो, तब तिनीहरूले अति कलङ्कित पापहरू, पुनर्जन्म नपाएकाहरूले पनि दोष लगाउन सक्ने प्रकारको पापहरूलाई मात्र त्याग्दथे र तिनीहरूले आपूmलाई रुढीवादी अमेरीकनहरूको अनुपातमा ल्याएर तिनीहरूसँगको तुलनायोग्य जीवन जिउन थाले । तर साँच्चै नै तिनीहरूले प्रभुलाई प्रेम गर्दैनथे । किनभने तिनीहरूले प्रभु येशूका आज्ञाहरू पालन गर्न चाहेनन, जुन कुराले हामीले उहाँलाई प्रेम गरेका छौं भन्ने कुराको प्रमाण दिन्थ्यो (हेर्नुहोस यूहन्ना १४ ः २१) ।

म जुन कुराको लागि डराएको थिएँ, त्यो कुरा सत्य साबित भयो — केही पेशेवर ख्रीष्टियनहरू साँच्चैनै भेँडाको भेषमा बाख्राहरू थिए । जब मैले तिनीहरूलाई आफैलाई इन्कार गर्न र तिनीहरूको त्रूmस बोक्नलाई बोलाएँ, तब तिनीहरूमध्ये केही मानिसहरू रिसाए । तिनीहरूको लागि मण्डली प्राथमिक तवरले क्लब र बारहरूमा संसार आनन्दित हुने केही असल सङ्गतिका साथ रमाइलो अनुभव गर्ने सार्वजनिक स्थलझैं थियो । तिनीहरूले केही प्रचारकहरूलाई ग्रहण गर्दथे र त्यसले परमेश्वरले तिनीहरूका लागि दिनुहुने प्रेम र मुक्तिका लागि निश्चित गराउँदथ्यो । तर परमेश्वरले तिनीहरूबाट के चाहनुहुन्छ भन्ने कुरा चाँहि तिनीहरू सुन्न चाहँदैनथे । तिनीहरूको मुक्तिको बारेमा तिनीहरूलाई कसैले प्रश्न गरेको तिनीहरू चाहदैनथे । जुनसुकै मुल्य चुकाउनु परे तापनि तिनीहरू परमेश्वरको इच्छामा आफ्नो जीवनलाई मिलाउन इच्छुक थिएनन । निश्चितरूपमा तिनीहरू आफ्नो रूपैयाँ — पैसाको भाग बन्न रुचाउँथे । त्यसका साथै परमेश्वरले तिनीहरूलाई अझ बढी फर्काई दिनुहुनेछ भन्ने कुरामा विश्वास गर्न तयार हुन्थे र साथसाथै तिनीहरूले दिएको कुरामा समेत तिनीहरूले फाइदा लिन्थे, जस्तै तिनीहरूले दिएको कुराबाट मण्डलीले तिनीहरूलाई सुविधा दिन्थ्यो ।

A Time of Self-Examination

आफैलाई जाँच्ने समय

यो पुस्तक पढेर पवित्र आत्माले मलाई सोध्नुभएको प्रश्न आफैलाई सोध्नको लागि यो समय प्रत्येक सेवक सेविकाको लागि उपयुक्त हुनेछ ः “यदि मैले सेवकाई गरिरहेका मानिसहरू अहिलेनै मरेर भेँडा र बाख्राको न्यायमा खडा भए भनें, कतिजना भेँडाहरू र कतिजना चाँहि बाख्राहरू हुनेछन ?” जब सेवकहरूले आफ्नो मण्डलीका बाख्राको रूपमा जिउने मानिसहरूलाई तिनीहरूले उद्धार पाएका छन भनेर निश्चित गराउँछन, तब तिनीहरूले परमेश्वरले तिनीहरूलाई भन्न लगाउनुभएको ठीक बिपरित कुरा भनिरहेका हुन्छन । त्यो सेवकले ख्रीष्टको बिरुद्धमा काम गरिरहेको छ । मत्ती २५ ः ३१—४६ पदमा उहाँले भन्नु भएअनुसार मानिसहरूलाई के भन्नुपर्छ भनेर प्रभु येशूले चाहनुभएको कुराको बिरुद्धमा उसले अर्कै बाटो लिइरहेको छ । प्रभु येशूले भन्नुभएको सम्पूर्ण कुराबाट हामी थाहा पाउँछौं, कि बाख्राहरूलाई चेतावनी दिनु पर्ने थियो । तिनीहरू स्वर्ग जान्छन भन्ने कुरा तिनीहरूले सोँच्दा पनि नसोँचेको उहाँ चाहनुहुन्छ ।

हामीले एक—अर्कालाई प्रेम गरेको कुराबाट सबै मानिसहरूले हामी उहाँका चेलाहरू हौं भन्ने कुरो जान्ने छन भनेर प्रभु येशूले भन्नुभयो (हेर्नुहोस यूहन्ना १३ ः ३५) । निश्चय पनि अईसाईहरूले एक—अर्कालाई देखाउने प्रेमभन्दा अधीक प्रेम गर्नुपर्छ भनेर भन्नुभएको हुनुपर्छ, नत्रभने उहाँका चेलाहरू अविश्वासीहरूबाट चिनिन सक्ने थिएनन । प्रभु येशूले भन्नुभएको प्रेम चाँहि स्व—बलिदानी प्रेम हो । हामीले एक—अर्कालाई प्रेम गर्दा उहाँले हामीलाई प्रेम गर्नु भएझैं, हामीले पनि एकले अर्काको निम्ति आफ्नो जीवन अर्पन गरी दिएर प्रेम गर्नुपर्दछ (हेर्नुहोस यूहन्ना १३ ः ३४ ; १ यूहन्ना ३ ः १६—२०) । यूहन्नाले पनि लेखेका छन, कि हामी मृत्युबाट जीवनमा सरेका छौं, त्यो भनेको हामी अब नयाँ गरी जन्मिएका छौं, त्यसैले हामीले एक—अर्कासँग प्रेम गर्नुपर्दछ (१ यूहन्ना ३ ः १४) । के परमेश्वरको आज्ञापालन गर्न सिकाउने र प्रेम प्रश्तुत गर्ने सेवकहरूको बिरुद्धमा बोल्ने, गनगन गर्ने र तिनीहरूलाई घृणा गर्ने मानिसहरू नयाँ गरी जन्मिएकाहरू बन्न सक्छन ? अँ ह सक्दैनन । तिनीहरू त नरकको बाटोमा लागेका ती बाख्राहरू हुन ।

Disciples of All Nations

सबै जातिका चेलाहरू

हामी अगाडि बढनुभन्दा पहिले फेरि मत्ती २८ ः १९—२० मा भएको प्रभु येशूले उहाँका चेलाहरूलाई दिनुभएको महान र साधारण आज्ञालाई अरु पनि सत्यताहरूमा यसबाट गहिरिन सकिन्छ, कि भनेर हेरौं ।

“यसैकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिनीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८ ः १९—२० क) ।

सबै देशका जातिहरूलाई चेलाहरू बनाएको प्रभु येशू चाहनुहुन्छ भन्ने कुरालाई बिचार गर्नुहोस वा सक्कली ग्रीक भाषाअनुसार संसारका सबै मानवजातिलाई भनेर अझै ठीक प्रकारले उल्लेख गरिएको छ । यो काम गर्न सम्भव हुनुपर्छ भनेर म विश्वास गर्न अगुवाई पाउँदछु । हामीले संसारमा भएका प्रत्येक मानवजातिका समुदायलाई प्रभु येशूका चेलाहरू बनाउन सक्छौं । यो काम प्रभु येशूका पहिलेका एघारजना सक्कली चेलाहरूलाई मात्र दिएको थिएन, तर तिनीहरूपछिका अरु पनि प्रत्येक चेलाहरूलाई पनि दिइएको थियो । किनभने प्रभु येशूले ती एघारजना चेलाहरूलाई तिनीहरूका चेलाहरूलाई पनि उहाँले तिनीहरूलाई आज्ञा गरेका कुराहरू पालन गर्न सिकाओ भनेर भन्नुभएको थियो । त्यसैले एघारजना सक्कली चेलाहरूले तिनीहरूका चेलाहरूलाई सबै जातिका मानिसहरूलाई चेला बनाउनको लागि ख्रीष्टले दिनुभएको आज्ञा पालन गर्न सिकाए र त्यसपछि प्रत्येक तत्कालिन चेलाको लागि यो निरन्तर आफै चालु भैरहने प्रकृया हुनेछ ! प्रभु येशूको प्रत्येक चेलाले देशका सबै जातिलाई कुनै न कुनै तरिकाले चेला बनाउने काममा सहभागी हुनै पर्दछ ।

अझै “महान आज्ञा” किन पूरा भएको छैन भन्ने भागमा यो बर्णन गरिएको छ । हजारौ पेशेवर ख्रीष्टियनहरू भए तापनि प्रभु येशूको आज्ञा पालन गर्न समर्पित उहाँका वास्तविक चेलाहरूको संख्या भने थोरै छ । पेशेवर ख्रीष्टियनहरूको ठूलो संख्याले हरेक मानवजातिका समूहमा चेलाहरू बनाउने बारेमा वास्ता गर्दैनन । किनभने तिनीहरू ख्रीष्टका आज्ञाहरू पालन गर्न समर्पित छैनन । जब यो बिषयमा कुरा उठाइन्छ, तब तिनीहरू प्रायः गरेर यस्तो बहाना बनाउने गर्छन, “त्यो मेरो सेवकाई होइन”, “म त्यो निर्देशन पाएको छु भनेर महसुस गर्दिन ।” धेरै पाष्टरहरूले तिनीहरूको एजेण्डामा उपयुक्त हुने खालका ख्रीष्टका आज्ञाहरू छानेर सबै बाख्राहरूले झैं यस्तो प्रकारको भनाइलाई अगाडि सार्दछन ।

यदि हरेक ख्रीष्टियनले प्रभु येशू ख्रीष्टमा साँच्चै विश्वास गरेको भए, चाँडैनै संसारले सुसमाचार सुन्ने थियो । ख्रीष्टका चेलाहरूको सामूहिक समर्पणताले नै यो काम पूरा गर्दछ । तिनीहरूले अ।फ्नो सारा समय र पैसा सांसारिक थोकहरूमा खर्च गर्न आज्ञा गर्नुभएको कुरा पूरा गर्नलाई प्रयोग गर्दछन । तर जब परमेश्वरमा समर्पित पाष्टरले नित्य संचालनमा भएको मण्डलीमा एकजना मिशनरीले प्रवचन बाँढन गइरहेकाछन भनेर सुचना दिन्छन , तब प्रायः गरेर मानिसहरू मण्डलीमा आउँदैनन । धेरै जसो बाख्राहरू घरैमा बस्छन वा अरुनै कतैतिर जान्छन । तिनीहरू प्रभुले अन्तिममा दिनुभएको आज्ञा पालन गर्ने कुरामा चाख लिँदैनन । अर्कोतर्फ, भेँडाहरू चाँहि सारा जातिहरूलाई चेला बनाउने काममा सहभागी हुनुपर्छ भनेर सँधै उत्साहित हुन्छन ।

मत्ती २८ ः १८—२० सम्बन्धी एउटा अन्तिम कुरा ः प्रभु येशूले उहाँका चेलाहरूलाई बप्तिष्मा पनि दिनु भनेर आज्ञा गर्नुभयो र प्रेरितहरूले यो आज्ञालाई विश्वासयोग्य भएर पालन गरे । तिनीहरूले तुरन्तै पश्चाताप गरेर प्रभु येशूमा विश्वास गर्नेहरूलाई बप्तिष्मा दिए । वास्तवमा बप्तिष्माले विश्वासीहरूलाई ख्रीष्टको मृत्यु , गडाई र पुनरुत्थानको परिचयको प्रतिनिधित्व गराउँछ । नयाँ विश्वासीहरू मरेर पुनरुत्थान भई ख्रीष्टमा नयाँ भएकाछन । बप्तिष्मा भएको यो सत्यताले नयाँ विश्वासीहरूको मनमा अब तिनीहरू नयाँ सृष्टि भएर नयाँ ब्यक्ति भएकाछन भन्ने कुराको छाप बसाएको प्रभु येशू चाहनुहुन्थ्यो । अब उ ख्रीष्टसँगै एउटै आत्माको भएर उभित्र बास गर्नुहुने ख्रीष्टद्वारा परमेश्वरको आज्ञा पालन गर्ने कुरामा चाख लिँदैनन । अर्कोतर्फ, भेँडाहरू चाँहि जातिहरूलाई चेला बनाउने काममा सहभागी हुनुपर्छ भनेर सँधै उत्साहित हुन्छन । अब उ ख्रीष्टसँगै एउटै आत्माको भएर उभित्र बास गर्नुहुने ख्रीष्टद्वारा परमेश्वरको आज्ञा पालन गर्न सामर्थी भएको छ । आफ्नो पापमा उ अब मरेको तर धोइएर शुद्ध भई पवित्र आत्माद्वारा जीवित पारिएको छ । उ “क्षमा पाएको ब्यक्ति” भन्दा बढी भएको छ । त्यसका अतिरिक्त, उ पूर्ण तवरले परिवर्तित भएको छ । त्यसैले परमेश्वरले फेरि पनि यो देखाउन लागिरहनुभएको छ, कि साँचो विश्वासीहरू ती मानिसहरू हुन जोहरूले भिन्नै प्रकारले आपूm आत्मिक रूपमा मरेको समयमा गरेको कार्यभन्दा फरक कार्य गर्दछन । यो प्रभु येशूले आफ्नो अन्तिम वचनहरू भन्नु हुँदाको कुरामा पनि निश्चित रूपमा लागु हुन्छ, “हेर म युगको अन्तसम्म तिमीहरूसँग छदैछु” (मत्ती २८ ः २०) । ख्रीष्टको निरन्तरको उपस्थितिले मानिसहरूलाई तिनीहरूको ब्यवहारमा असर पार्दछ भनेर सोँच्नलाई के अतियुक्ति होला र ?

Jesus Defines Discipleship

प्रभु येशूले चेलापनको परिभाषा यसरी दिनु भयो

आफ्ना पापहरू पश्चाताप गरेर उहाँको आज्ञा पालन गर्न शिक्षा लिने मानिसहरूलाई हामीले चेला बनाउनुपर्छ भन्ने लक्ष्य प्रभु येशूले हामीलाई दिनुभएको छ र त्यसै कुरामा हामी स्थापित भएकाछौं । यूहन्ना ८ ः ३२

मा प्रभु येशूले चेला भनेको के हो भन्ने कुरालाई अझ परिभाषित गरी दिनुभएको छ ः “तिमीहरू मेरो वचनमा रह्यौ भने, तिमीहरू साँच्चै मेरा चेला हौ ; तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ ।”

प्रभु येशूको भनाईअनुसार साँचो चेलाहरू ती हुन , जसले उहाँको वचन पालन गरेर त्यसैमा रहिरहन्छन वा वचनलाई तिनीहरूको घर बनाउँछन । जब तिनीहरूले उहाँको वचनबाट सत्य कुरा के हो सो सिक्नेछन , तब तिनीहरू प्रगतिशील भएर “स्वतन्त्र” हुनेछन र त्यसपछिको सन्दर्भले यो देखाउँछ, कि प्रभु येशूले पापबाट स्वतन्त्र हुने बारेमा बोलिरहनुभएको थियो (हेर्नुहोस, यूहन्ना ८ ः ३४—३६) । त्यसैले फेरि पनि प्रभु येशूले चेलाहरूको बारेमा दिनुभएको परिभाषालाई हेर्नेछौं । चेलाहरू ती हुन जसले उहाँको आज्ञाहरू सिक्दछन र पालन गर्दछन । पछिबाट प्रभु येशूले भन्नुभयो, “तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित ग¥यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ” (यूहन्ना १५ ः ८) ।

त्यसैले प्रभु येशूको परिभाषाअनुसार चेलाहरूले धेरै फल फलाएर परमेश्वरको महिमा गर्दछन । फल नफलाउनेहरूले आपूmलाई उहाँको चेलाहरू हौं भनेर प्रमाणित गर्दैनन ।

लूका १४ ः २५—३३ मा प्रभु येशूले उहाँका साँचो चेलाहरूको फलको बारेमा अझ बिशिष्ट रूपमा परिभाषित गर्नुभएको छ । २५ पदबाट यसलाई पढेर सुरु गरौं ः मानिसहरूको ठूलो भीँड उहाँको साथ जाँदै थियो; र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो ।

मानिसहरूको ठूलो भीडँ “उहाँको साथ जाँदै गर्दा त्यतिमै के प्रभु येशू सन्तुष्ट हुनुभएको थियो र ठूलो समुदाय प्राप्त गर्दैमा उहाँको लक्ष्य पूरा भएर उहाँ सफल भैहाल्नु भयो त ? होइन, उहाँको साथमा, उहाँको सन्देश सुन्दै, उहाँले गर्नुभएका आश्चर्यकर्महरू हेर्दै र कहिले– काँही उहाँको खाना खाँदै, उहाँको वरिपरि मानिसहरूको ठूलो भीँड झ्यामिन्दैमा प्रभु येशू सन्तुष्ट हुनुभएको थिएन । प्रभु येशूले त्यस्ता मानिसहरूलाई खोजिरहनुभएको छ, जसले परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा मनले, आफ्नो सारा प्राणले र शक्तिले प्रेम गर्दछन । उहाँको आज्ञा पालन गर्ने मानिसहरू उहाँले चाहनुहुन्छ । उहाँले चेलाहरू चाहनुहुन्छ । त्यसैले उहाँको साथमा गएका मानिसहरूको ठूलो भीँडलाई उहाँले भन्नुभयो ः यदि कोही मकहाँ आउँछ र आफ्ना बाबु, आमा, पत्नी, छोरा–छोरीहरू र दाजु—भाइ, दिदी—बहिनीहरूलाई र आफ्नै जीवनलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन (लूका १४ ः २६) ।

यस बारेमा गल्ती हुन सक्तैन ः प्रभु येशूले उहाँको चेला हुनको लागि एउटा व्यक्तिबाट योग्यताको माँग गर्नुभयो । तर उहाँका धेरै जसो चेलाहरूले तिनीहरूले वास्तवमै प्रेम गरिरहेका तिनीहरूका प्रियजनहरूलाई साँच्चैनै तुच्छ ठाने त ? त्यसो होइन जस्तो लाग्छ । किनभने धर्मशास्त्रमा हामीलाई आफ्ना आमा–बाबुको आदर गर्न र आफ्नो वैवाहिक जोडीलाई प्रेम गर्न र छोरा–छोरीहरूलाई प्रेम गर्नको लागि आज्ञा गरिएको छ ।

यो कुरा गर्दा प्रभु येशूले जोड दिनको लागि अतियुक्ति नहोला भन्ने अर्थमा बोल्नुभएको जस्तो लाग्छ । कम्तिमा पनि यो कुराभन्दा कम होइन भन्ने कुरा प्रकट गर्नलाई ः यदि हामी उहाँका चेलाहरू हुनु हो भनेदेखि, हामीले साँचो रूपमा उहाँलाई प्रेम गर्नुपर्दछ, हामीले अतिनै प्रेम गरेका हाम्रा प्रियहहरूलाई भन्दा बढी उहाँलाई नै प्रेम गर्नुपर्दछ । प्रभु येशू परमेश्वर भएको कारण हामीले उहाँलाई सारा हृदयले, मनले, प्राणले, शक्तिले प्रेम गरोस भनेर आज्ञा गर्नु स्वभाविक नै छ ।

नबिर्सनुहोस— सेवकहरूको काम भनेको चेलाहरू बनाउनु हो, जसको मतलब तिनीहरूले असाध्यै प्रेम गरेका आफ्ना पत्नी, छोराछोरी र बाबुआमाहरूलाई भन्दा पनि बढी, अझ बढी प्रभु येशूलाई साँचो रूपमा प्रेम गर्ने खालका मानिसहरू उत्पादन गर्नु हो । हरेक सेवकले आफैलाई प्रश्न गर्नलाई यो कुरा पढनु असल हुनेछ, “त्यस प्रकारका मानिसहरूको उत्पादन गर्ने काममा म कसरी सफल भइरहेकोछु”

कसैले प्रभु येशूलाई प्रेम गरेको छ कि छैन भनेर हामी कसरी जान्दछौं ? प्रभु येशूले यूहन्ना १४ ः २१ मा हामीलाई भन्नुहुन्छ ः “यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने, तिमीहरूले मेरा आज्ञाहरू मान्छौ ।” जसले आपूmले प्रेम गरेका आफ्ना पत्नी, छोरा–छोरीहरू लगायत आफ्ना आमा—बाबुहरूलाई भन्दा बढी प्रेम गर्छन र उहाँका आज्ञाहरू पनि पालन गर्छन तिनीहरूनै उहाँका चेलाहरू हुन भनेर निष्कर्षमा पुग्दा कुनै अतियुक्ति नहोला । प्रभु येशूका चेलाहरूले नै उहाँका आज्ञाहरू पालन गर्दछन ।

A Second Requirement

दोस्रो माँग

त्यो दिन प्रभु येशूसँग हिँडने मानिसहरूको ठूलो भीँडलाई उहाँले निरन्तर रूपमा भन्नुभयो, आफ्नो त्रूmस बोकेर जो मेरोपछि लाग्दैन, त्यो मेरो चेला हुन सत्तैmन (लूका १४ ः २६) । प्रभु येशूले आफ्ना चेलाहरूसँग राख्नुभएको यो दोस्रो माँग हो । उहाँको मतलब के हो त ? के चेलाहरूले काठको ठूलो मुढानै बोकेर हिँडनुपर्ने माँग यो थियो त ? होइन, प्रभु येशूले फेरि पनि अलंकारिक भाषा प्रयोग गर्नुभएको थियो ।

यहूदी दर्शकहरू सबै त्रूmसमा मरेका दोषी अपराधीहरूको साक्षी थिए । दोषी अपराधीहरूलाई रोमीहरूले तिनीहरूका मुख्य अपराधको सजाय दिनको लागि शहरको ढोका बाहिर लगेर तिनीहरूका अपराधको निम्ति त्रूmसमा टाँगेर त्रूmसीकरणको सजाय दिन्थे ।

यसैकारण, मैले “आफ्नो त्रूmस बोक” भन्ने वाक्य पद्धतिलाई चलाएको हुँ, जुन प्रभु येशूको समयमा प्राय ः प्रचलनमा थियो भनेर सबैलाई थाहा भएको कुरा हो । त्रूmसमा चढने प्रत्येक ब्यक्तिले, “तिम्रो त्रूmस बोकेर मेरोपछि आऊ” भनेर रोमी सिपाहीले भनेको हुन्थ्यो । तिनै शब्दहरू दोषी अपराधीले उसको कष्टको दिनहरू र घण्टाहरूको सुरुवात हो भनेर जान्नुपर्दथ्यो । त्यसैले त्यस्तो प्रकारको वाक्यनै प्राय ; प्रयोग हुने र अरुले सजिलै बुझ्न सक्ने हुन्थ्यो, जसको अर्थ, “तिम्रो बाटोमा आइरहेको अपरिहार्य कष्टलाई ग्रहण गर” भन्ने हुन्छ ।

बाबुहरूले तिनीहरूका छोराहरूलाई भनेको कुरा म कल्पना गर्दछु “छोरा, मलाई थाहा छ, पाइखाना सफा गर्ने तिम्रो जिम्मेवारी हो । त्यसैले आफ्नो त्रूmस उठाऊ । जाऊ र पाइखाना सफा गर । “पत्नीहरूले तिनीहरूका पतिहरूलाई भनेको कुरा म कल्पना गर्दछु , “मेरा प्रिय, मलाई थाहा छ, तपाईले कर तिर्न बाँकी छ, र अहिले कर उठाउने हाम्रो बाटोमा आइरहेको छ । त्यसैले आफ्नो त्रूmस उठाउनुहोस । गएर त्यस मानिसलाई कर तिर्नुहोस ।”

त्रूmस उठाउनुको पर्यायवाची शब्द आफैलाई इन्कार गर्नु हो, र प्रभु येशूले त्यसलाई त्यसै सन्दर्भमा मत्ती १६ ः २४ मा प्रयोग गर्नुभयो ः

“यदि कोही मेरोपछि आउने इच्छा गर्छ भने, त्यसले आफैलाई इन्कार गरोस , र त्यसले आफ्नो त्रूmस उठाओस र मेरोपछि आउने इच्छा गर्छ भने, त्यसले उसको निर्णयमा आउने संभावित कष्टहरूलाई अँगालोस , र मेरोपछि लागोस” ।

त्यसैले, साँचो चेलाहरू चाँहि प्रभु येशूलाई पछयाउने कुराको लागि कष्ट भोग्न पनि तयार हुन्छन । तिनीहरूले सुरु गर्नुभन्दा अगिनै तिनीहरूको मुल्य गन्ती गरिसकेका थिए, र दौड पूरा गर्न संकल्पकासाथ कडा परिश्रम अपरिहार्य छ भनेर जानिसकेका थिए । यस व्याख्याले प्रभु येशूलाई पछयाउँदा चुकाउनु पर्ने मुल्यको बारेमा उहाँले के भन्नुभयो भन्ने कुरालाई समर्थन गरेको छ । दुईवटा दृष्टान्तले उहाँको कुरालाई समर्थन गरेको छ ः

तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिध्याउने खर्च आपूmसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र ? नत्रभने त्यसले जग बसालेपछि सिध्याउन सकेन भने, देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन । “यस मानिसले बनाउन त थाल्यो तर सिध्याउन सकेन ।” अथवा कुन राजा होला जसले अर्को राजासँग लडाइँ गर्न जाँदा आफ्नो साथ भएका दश हजारले त्यसको बिरुद्धमा आउने बीस हजारसँग लडाई गर्न सक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह गर्दैन ? तिनले नसक्ने हो भने , त्यो अर्को राजा टाडै हुँदा मिलापको सर्त सोध्न राजदूत पठाउनेछ (लूका १४ ः २८—३२) ।

प्रभु येशूका कुराहरू स्पष्ट नभएको हुनसक्छ ः “यदि तिमी मेरो चेला हुन चाहन्छौं भने, सबैभन्दा पहिले बसेर हिसाब गर, नत्रभने काम चलिरहेको बेलामा बीचैमा छोडनु पर्ला । साँचो चेलाहरूले परिणामस्वरूप मलाई पछयाउँदा हुने कष्टलाई ग्रहण गर्दछन ।”

A Third Requirement

तेस्रो माँग

त्यस दिन प्रभु येशूले उहाँलाई पछयाउने मानिसहरूको भीँडलाई अर्को एउटा माँग पनि राख्नुभयोः

”यसकारण तिमीहरूमध्ये जसले आपूmसँग भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन” (लूका १४ ः ३३) ।

फेरि पनि प्रभु येशूले अलंकारिक भाषा प्रयोग गर्नु हुँदा निष्कर्षमा आइपुग्नको लागि अलिक तार्किक जस्तो देखिन्छ । हामीले आफ्नो बासस्थान, लत्ता— कपडा तथा खाना छोडने अर्थमा हाम्रो सारा सम्पत्ति छोडनु पर्दैन । यद्यपि हामीले निश्चित रूपमा हामीसँग भएका आफ्ना कुराहरू परमेश्वरलाई दिएर फेरि पनि सम्पत्तिको सेवा गर्नु हुँदैन भन्ने अर्थमा हाम्रा सबै सम्पत्तिहरू छोडनुपर्छ, तर हाम्रो सम्पत्तिको साथ परमेश्वरको सेवा गर्नुपर्दछ । हामीले प्रेरितको पुस्तकमा पढदा सुरुको मण्डलीका ईसाईहरू जस्तै सामान्य परमेश्वर भक्त भण्डारे र एक—अर्कामा बाँडचुँड गर्ने जीवन बिताएर अनावश्यक धेरै थोकहरूलाई छोडनुपर्छ भन्ने अर्थमा निश्चय पनि यसको परिणाम हुनसक्छ । ख्रीष्टको चेला हुनुको अर्थ उहाँको आज्ञा पालन गर्नु हो र उहाँले आफ्ना अनुयायीहरूलाई पृथ्वीमा आफ्नो धन सम्पत्ति नथुपार, तर ती स्वर्गमा थुपार भनी आज्ञा गर्नुभएको छ, त्यस कुरालाई पनि पालन गर्नु हो ।

सारांशमा, प्रभु येशूको भनाईअनुसार, यदि म उहाँको चेला हुनु हो भनेदेखि, मैले फल फलाउनै पर्दछ । मैले उहाँलाई सर्वोच्चरूपमा उहाँलाई पछयाउने निर्णय गरेको परिणामस्वरूप प्रेम गर्नै पर्दछ । अनि उहाँले मलाई मेरो कमाई र सम्पत्तिको बारेमा जे भन्नुहुन्छ, त्यो मैले गर्नै पर्दछ (र यस सम्बन्धमा उहाँको आज्ञाले मलाई केही भन्दछ भने मैले आपूmलाई मूर्ख बनाउँछु “यदि प्रभुले मेरा सबै सम्पत्तिलाई केही गर्नु भनेर मलाई आज्ञा गर्नुहुन्छ भने, उहाँले जे भन्नुहुन्छ, म त्यो गर्नेछु”) ।

हामी सेवकहरू भएर यस प्रकारका प्रभु येशूमा समर्पित अनुयायीहरू बनाउनु पर्दछ ! त्यो नै हाम्रो परमेश्वरले नियुक्त गरिदिनुभएको लक्ष्य हो ! हामीहरू चेला बनाउने सेवकहरू हुन बोलाइएकाहरू हौं !

संसारभरिका धेरै सेवकहरूले सम्पूर्ण तवरले गुमाएको आधारभूत सत्यता चाँहि त्यही नै हो । यदि तिनीहरूले आफ्नो सेवकाइहरूको मूल्यांकन मैले जस्तै गरे भने, मैले जस्तै तिनीहरू पनि परमेश्वरको इच्छा र आशा बिहिन भएर असफल व्यक्तिहरू हुन भन्ने निष्कर्षमा आइपुग्नेछन । जब मैले मेरो मण्डलीको समुदायका मानिसहरूद्वारा प्रदर्शित ख्रीष्टमा समर्पित भएको तहलाई बिचार गरें, तब त्यहाँ साँचो चेलाहरूको रूपमा बिभाजन गर्न नसकिने धेरै मानिसहरू छैनन भन्ने कुरामा मलाई अलिकति शंकै लागेको थियो ।

पाष्टरहरू हो, तपाईहरूले आफ्नो मण्डलीका समुहहरूलाई बिचार गर्नुपर्दछ । तपाईका मानिसहरू मध्ये कतिजनालाई लूका १४ ः २६—३३ मा भएको उहाँको माँगअनुसार उहाँका चेलाहरू भनेर प्रभु येशूले बिचार गर्नुहुन्छ । प्रचारकहरू तपाईहरूले प्रचार गर्नुभएको सन्देशले त्यस्ता मानिसहरू उत्पादन गरिरहेको छ, जसले ख्रीष्टका सबै आज्ञाहरू पालन गर्न आफैलाई समर्पित गरेकाछन ।

हामी प्रभु येशूको सामु अन्तिम मूल्यांकनमा उभिनुभन्दा अगि हाम्रा सेवकाइहरूको मूल्यांकन गर्ने समय अहिले नै हो । यदि म उहाँको लक्ष्य पूरा गर्ने काममा असफल भइरहेकोछु भने, पछिबाट भन्दा अहिलेनै मैले पत्ता लगाउनु राम्रो हुन्छ । के तपाईं गर्नु हुन्न ?

A Final Sobering Thought

अन्तिम मर्यादित बिचार

स्पष्ट रूपमा, लूका १४ ः २६—३३ मा उहाँको वचनमा उल्लेख गरिएको भीँडहरूद्वारा प्रकट गरिएका मानिसहरू जस्तै प्रभु येशूले मानिसहरूलाई उहाँका चेलाहरू बनेको चाहनुहुन्छ । उहाँको चेला हुनु कति महत्वपूर्ण छ । यदि कसैले उहाँको चेला हुन चाहँदैन भने के हुन्छ ? प्रभु येशूले यस प्रश्नको जवाब उहाँको उपदेशको अन्तिम लूका १४ अध्यायमा दिनुभएको छः

चेला हुने सम्बन्धमा यसको के सरोकार छ त ? जसरी नूनलाई नुनिलो होस भन्ने आशा गरिन्छ, त्यसरीनै प्रभु येशूले पनि मानिसहरू उहाँका चेलाहरू होउन भन्ने आशा गर्नुहुन्छ । उहाँ परमेश्वर हुनुभएकोले हामीले उहाँलाई सर्वोच्च रूपमा प्रेम गर्नुपर्दछ र आफ्नो त्रूmस उठाउनु पर्दछ । यदि हामी उहाँका चेलाहरू बन्दैनौ भने हामीले उहाँलाई इन्कार गरेका हुन्छौं । हामीहरू कुनै कुराको निम्ति पनि काम नलाग्ने र “बाहिर फालिन” को लागि योग्य बन्छौं । त्यो परमेश्वरका जनहरूको लागि त्यति राम्रो हँुदैन, हैन त ?

अर्कोपल्ट, प्रभु येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो (मत्ती ५ ः १) ः

“तिमीहरू पृथ्वीका नून हौं; तर नूनको स्वाद गयो भने, त्यो केले फेरि नूनिलो पारिने? त्यो त बाहिर फालिन र मानिसको खुट्टाले कुल्चन बाहेक अरु केही कामको हुँदैन (मत्ती ५ ः १३) ।”

वास्तवमा यी कुराहरू गम्भीर चेतावनीहरू हुन । पहिले, नूनिलो हुनेहरू मात्रै (“समर्पित आज्ञाकारी” को एउटा प्रायः गरेर चलाइने अलंकारिक भाषा) परमेश्वरको निम्ति काम लाग्ने हुन्छन । अरु बाँकी चाँहि “बाहिर फालिन र मानिसका खुट्टाहरूले कुल्चन बाहेक अरु केही कामको हुँदैनन ।” दोस्रो, नूनिलो स्वाद भएकाहरूले पनि कहिले काँही तिनीहरूको आफ्नो स्वाद गुमाउन सम्भव हुन्छ, नत्र भने, प्रभु येशूले आफ्ना चेलाहरूलाई चेतावनी दिनु हुने थिएन । कोही व्यक्ति ख्रीष्टमा स्वर्गीय राज्यको निम्ति विश्वासी हुन सक्छ तर ख्रीष्टको चेला बन्न सक्दैन, वा मानिसले आफ्नो मुक्तिको अवस्थामा फाइदा लिन सक्दैन भनेर हिजो आज शिक्षा दिनेहरूसँग यी सत्यताहरू कति बाझ्दछन । हामी पछिल्ला अध्यायहरूमा अझै बढी ती भ्रान्तिपूर्ण बिचारहरूको बारेमा बिचार बिमर्ष गर्नेछौं ।


 

! यस पुस्तकभरिनै मैले पुरुषवाचक संज्ञालाई प्रयोग गरेर सेवकहरू भन्ने शब्दलाई विशुद्ध रूपमा सामञ्जस्यताको लागि उल्लेख गरेको छु, किनभने पेशेवर सेवामा बहुसंख्यक व्यक्तिहरू जस्त,ै पाष्टरहरू पुरुष नै छन ।

म धर्मशास्त्रबाट प्रभावित भएँ, कि परमेश्वरले स्त्रीहरूलाई पनि पेशेवर सेवकाइमा बोलाउनुहुन्छ र धेरै प्रभावकारी सेवकाइहरूको बारेमा म जान्दछु । सेवकाइमा स्त्रीहरू भन्ने शिर्षकमा त्यसैले एउटा अध्याय राखिएको हो ।